धनुषामा बीओपी उद्घाटन

समाचार

1/19/2020

जनकपुरधाम, ६ माघ । धनुषाको जनकन्नदनी गाउँपालिका–१ ईनर्वा रेलवे स्टेसनस्थित बोर्डर अफ पोष्ट (विओपी) कार्यालय उद्घाटन गरिएको छ ।

प्रदेश २ का शसस्त्र प्रहरी प्रमुख डिआइजी राजु अर्यालले आइतबार बीओपी उद्घाटन गरेका हुन् । उनले प्रहरी र नागरिकबीच भावनात्मक सम्बन्ध बढाएर भ्रष्टाचार र अपराध न्युनीकरण गर्न सकिने बताएका छन् ।

प्रहरी संगठन भित्र चारवटा सुधारका नीति लिएको भन्दै आन्तरिक सुद्धिकरणले विगतभन्दा उल्लेख्य सुधार भएको उनले बताए ।

प्रदेश २ मा दशगजा क्षेत्रको पहिचान गर्ने अभियान सुरु गरिसकेको भन्दै उनले केही दिनमै प्रदेशका सबै ठाउँमा दशगजा पहिचान गरिसक्ने उल्लेख गरे ।

नेपालि भु–भाग अतिक्रमणबाट बचाउन, सिमा क्षेत्रको बासिन्दालाई सुरक्षा गर्न र निकट भविष्यमा सुरु हुने भनिएको रेल सेवालाई मध्यनगर गर्दै त्यहाँ चेक पोष्ट राखिएको सशस्त्र प्रहरी धनुषाका प्रमुख एसपी राजेश उप्रेतीले बताए ।

छोटी भन्सारको आवश्यकता औल्याउँदै प्रहरीको प्रत्येक सकारात्म क्रियाकलापमा साथ रहने उनले प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ