जनकपुरधाम, १५ बैशाख । कोरोना संक्रमितको उपचारका लागि धनुषामा ५० बेडसहितको आइसोलेसन अस्पताल तयार भएको छ । अस्पताल मंगलबारबाट सञ्चालनमा आउने भएको छ ।
धनुषाको नगराइन नगरपालिका–५ मा रहेको नगराइन अस्पताललाई स्तरोन्नति गरी ५० बेडको आइसोलेसन अस्पताल बनाइएको हो ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहसहितका सरोकारवालाले अस्पतालको निरीक्षण गरेका छन् ।
अस्पतालको ९० प्रतिशत काम सम्पन्न भइसकेको र दुई दिनभित्र सबै काम पूरा हुने मन्त्री साहले बताए । अस्पतालको स्तरन्नोतीका लागि प्रदेश सरकारले लगानी गरेको हो ।
यो अस्पतालसहित प्रदेशका ४ वटा अस्पताललाई ५० बेडको बनाउने निर्णय प्रदेश सरकारले गरिसकेको छ ।
तपाईको प्रतिक्रिया