जनकपुरधाम, २८ साउन । नेकपाले शहिद रामवृक्ष यादवको स्मृति स्वरुप यस वर्ष फरक शैलीमा मनाउने भएको छ ।
कोरोना महामारी र प्रदेश २ का प्रायः सबै जिल्लामा निषेधाज्ञाको स्थिति रहेकाले विगत झैँ भव्यतापूर्वक कार्यक्रम नमिल्ने भन्दै नेकपा प्रदेश कमिटीले यस वर्ष हरेक पालिकामा विविध कार्यक्रम गरी स्मृति दिवस मनाउने भएको हो ।
नेकपा प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिअनुसार शहिद रामवृक्ष स्मृति दिवस भदौ २ गते हरेक पालिकामा वृक्षरोपण गर्ने, सम्पूर्ण पार्टी कार्यालयहरुमा रामवृक्ष यादवको फोटो राखी माल्यार्पण गर्ने र सामाजिक सञ्जालमार्फत व्यक्तित्व र योगदानबारे भिडियो कन्फेरेन्स गरेर मनाउने जनाएको छ ।
भदौ २ गते हुने कार्यक्रमका लागि स्थानीय प्रशासनको समन्वयमा प्रभावकारी ढंगले गर्न गराउन सबैमा जानकारी समेत सो विज्ञप्तिमार्फत गरेको छ ।
रामवृक्ष यादव तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता हुन् । उनलाई जनयुद्ध आरम्भताका नै तत्कालीन शाही सेना र प्रहरीले योजनाबद्ध ढंगले हत्या गरेको आरोप छ ।
तपाईको प्रतिक्रिया