नक्सालाई सर्वसम्मतले पारित गर्ने वातावरण बनाऔं : डा.भट्टराई

समाचार

5/31/2020

काठमाडौं, १८ जेठ । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नक्सा संसदबाट सर्वसहमतिले पारित गर्ने वातावरण बनाउन पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले सरकारसँग आग्रह गरेका छन् ।

आइतबारको संसद बैठकमा आफ्नो मन्तव्य राख्दै डा. भट्टराईले सर्वसहमतिका लागि सबैको विश्वास लिनुपर्ने धारणा राखेका छन् ।

‘खासगरी हाम्रो सीमा रक्षा गरी बस्ने मधेशी, थारु, पूर्वका राई लिम्बूहरु, पश्चिमका खस, उत्तरका भोटे लामाहरु सबैलाई सम्मान दिएर उहाँहरुसमेतको सहभागितामा यो संविधान संशोधन गरेर पूर्णता दिऔं,’ उनले थपे, ‘त्यसो भए दीगो शान्ति हुन्छ ।’

उनले जनताको रगत पसिनाबाट संघीयता आएको र देशको आवश्यकताले ल्याएको जिकिर गरे । यो देशको जातीय, क्षेत्रीय विविधतालाई सम्बोधन गर्न संघीयता आएको बताए ।

उनले भने, ‘यसका अपूर्णताहरु छन्, त्यसलाई पूर्णता दिन संविधान संशोधन गरेर कार्यान्वयनतर्फ लगौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ