नाका बन्द गर्न प्रदेश १ को आग्रह

समाचार

3/22/2020

विराटनगर, ९ चैत । प्रदेश १ले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी समाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत रोक्न नाका बन्द गर्न जरूरी रहेको बताए । प्रदेश १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको रानी नाका सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ