नागरिकता ऐन विरुद्ध जसपाको विरोध प्रदर्शन

समाचार

6/30/2020

काठमाडौं, १६ असार । संसदीय समितिबाट पारित नेपालको नागरिकता (पहिलो संशोधन) ऐन २०७७ फिर्ता लिन माग गर्दै जनता समाजवादी पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।

समाजवादी विद्यार्थी युनियको आयोजनामा काठमाडौँको माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सुरु भएको थियो ।

जसपाका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो अशोक राई लगायत सहभागी भएको प्रदर्शनका सहभागीहरुले पञ्चेबाजा बजाएर विरोध गरेका थिए ।

नागरिकता विधेयकमा उल्लेखीत अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष पर्खनुपर्ने प्रावधानविरुद्ध जसपा आन्दोलनमा उत्रको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ