राजविराज, २९ चैत । वास्तविक अति गरिब, मजदुर र नागरिकता नभएका परिवारले राहत पाउन नसक्दा यहाँ गुप्तदान गरिएको छ ।
राजविराजस्थित गजेन्द्र चौकमा राजविराज ६ निवासी शेरू खानले गुप्तदानको प्रक्रिया अपनाएर सरकारले नागरिकता नभएकालाई राहत नदिने भएपछि गुप्तदान गर्न लागेको हो ।
गजेन्द्र चौकमा १८ जनाका लागि पोका बनाएर राखेको अवस्थामा नागरिकता नभएका र अति गरिब जसले खान खान नपुगेकालाई गुप्तदानबाट गर्न लागेको शेरू खानले बताए ।
उनले भने यस कार्यमा सम्पूर्ण नगरवासी तथा सम्पन्न परिवारले आफै गजेन्द्र चौकमा खाद्यान्न सामग्रीको पोका बनाएर राखी आफै आएर गुप्तदान गर्न आग्रह गरेका छन् ।
शनिबार गजेन्द्र चौकबाट गरिव परिवारले २५ जनाले १२ केजी चामल दुई केजी दाल, दुई केजी आलु एक केजी तेल, एक केजी नुन भएको पोका उठाएको छ ।
यतिबेला कोरोना भाइरस (कोभिड १९) महामारीको कहर विश्वभरि नै रहेको छ । सिङ्गो विश्वका मानव कोरानासँग लडाई लडिरहेका छन् ।
तपाईको प्रतिक्रिया