नागरिकता विधेयकको विरुद्धमा जनता समाजवादी आन्दोलित (विज्ञप्तिसहित)

समाचार

6/24/2020

काठमाडौं, १० असार । विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयकको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले विरोध प्रदर्शन र सभा आयोजना गर्ने भएको छ ।

जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी गरी आगामी १६ गते मंगलबार काठमाडौंलगायत प्रत्येक जिल्लाको सदरमुकाम र मुख्य शहरहरुमा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेका छन् ।

नेपालको नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन विभेदकारी रहेको भन्दै भर्त्सनासमेत गरेका छन् ।

‘गोर्खा सेनाको रुपमा विदेशमा कार्यरत नेपालीहरुको सन्तालनलाई समेत गैरनागरिक बनाई राख्ने प्रयास गरिएको छ । गोर्खा सैनाको नागरिकताको निरन्तरता र तिनका सन्तानलाई नागरिकता दिने व्यवस्था गरिनुपर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

 
No photo description available.
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ