काठमाडौं, ७ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतबाट पास भए ‘नोटअफ डिसेन्ट’ लेख्ने निर्णय गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार विहान बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका लागि सरकार पक्षलाई आग्रह गरिने र पेलेरै अघि बढ्न खोजे ’नोट अफ डिसेन्ट’ लेख्ने निर्णय गरेको हो ।
सत्तारुढ नेकपाको सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलाले अंगीकृत नागरिकता लिन सात वर्ष समय अवधि राख्नुपर्ने निर्णय लिएपछि काँग्रेसले यस्तो निर्णय लिएको हो ।
बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठका अनुसार पदाधिकारी बैठकले पहिले नागरिकता विधेयकमा राष्ट्रिय सहमतिका लागि प्रयत्न गर्न भनेको छ ।
यस्तै नेकपाले बहुमतका बलमा पास गर्न हो भने राज्य व्यवस्था तथा सुशासन समिति रहेका हाम्रा सदस्यहरुलाई पार्टीको निर्णय अनुसार ‘नोट अफ डिसेन्ट’ लेख्ने उनले बताए ।
तपाईको प्रतिक्रिया