नागरिकता विधेयकविरुद्ध सीके राउतको भैंसी जुलुस

समाचार

7/2/2020

सिरहा, १८ असार । सरकारले ल्याएको नागरिकता विधेयकको विरोध डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि गरेको छ । पार्टीका कार्यकर्ताहरुले सिरहाको औरही गाउँपालिकामा विधेयकविरुद्ध भैंसी जुलुसमा निकालेका छन् ।

विधेयक मधेशविरोधी भएकाले विरोधस्वरुप भैंसी जुलुस निकालिएको पार्टीका नेता रामकरण यादवले जानकारी दिए । ओली सरकारलाई ‘भैंसी सरकार’को संज्ञा दिँदै विधेयक खारेज नगरे मधेशभर कडा आन्दोलन गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ