भारतमा सबै देशका नागरिकलाई प्रवेश निषेध

समाचार

3/12/2020

काठमाडौं, २९ फागुन । कोरोना भाइरसको महाहारी रोक्न भारतले कठोर कदम उठाएको छ । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला भारतले विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत शुक्रबारदेखि मुलुक छिर्न नदिने घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले कडा निर्णय लिएको हो ।

कोरोनाभाइरस प्रकोपले महामारी रूप लिएपछि उक्त कठोर कदम उठाइएको भारतले जनाएको छ । बीबीसीका अनुसार बुधबार भारतका शीर्ष मन्त्रीहरूको बैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको हो । बैठकको नेतृत्व केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीले गरेका थिए । निर्देशिका अनुसार भारत सरकारले अब मार्च १३ अर्थात् शुक्रबार मध्याह्न १२ बजेपछि भारतका लागि हिँडको विदेशीलाई प्रवेश दिने छैन ।

भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार आफ्ना नागरिकलाई समेत विदेश यात्रा नगर्न भन्दै स्थल सीमा जोडिएका देशहरुबाट समेत यात्रा प्रतिबन्ध लगाउँदै निश्चित चेकप्वाइन्टमा निगरानी र चेकजाँचलाई अझ चुस्त दुरुस्त बनाउने निर्णय भारत सरकारले लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ