सप्तरी, १२ जेठ । राजबिराज नगरपालिका ८ मा वडा भवन निर्माण हुने भएको छ । राजविराज ८ स्थित पुलचौक नजिक राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा र वडा अध्यक्ष जयनारायण मण्डलले शिलान्यास गरेका छन् ।
कुल ५९ लाख ५३ हजार ८ सय ९१ रूपैयाँ ७५ पैसा तथा त्यसमध्ये जन श्रमदान ५ लाख ९५ हजार ३ सय ८९ रूपैयाँ करोडको लागतमा निर्माण गरिने भएको हो ।
राजविराज नगरपालिकाको नगरस्तरीय योजनाबाट निर्माण गर्न लागेको निर्माण कार्य ०७७ असार २० गतेसम्म सम्पन्न गर्नुपर्ने छ ।
निर्माण हुने ५ कोठे भवनको निर्माण कार्य उपभोक्तामार्फत गर्न लागेको वडा अध्यक्ष जयनारायण मण्डलले जानकारी दिएका छन् ।
योजना अनुसार राजविराज ५, ६, ८ मा भवन निर्माण गर्न लागेको नगर प्रमुख शंभु प्रसाद यादवले बताए ।
तपाईको प्रतिक्रिया