वीरगन्ज, २७ मंसिर । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
काठमाडौंको किर्तीपुरस्थित बर्ण अस्पतालमा पुगेर नगर प्रमुख सरावगीले मुस्कान खातुनको परिवारलाई उपचारका लागि उक्त आर्थिक सहयोग प्रदान गरेका हुन् ।
वीरगन्ज महानगरपालिका कार्यालयद्वारा २ लाख र नगर प्रमुख सरावगीको तलब भत्ताबाट १ लाख गरी जम्मा तीन लाख रुपैयाँको चेक नगर प्रमुख सरावगीले बिहीबार प्रदान गरेका हुन् ।
मुस्कान खातुनलाई बुधबार अमेरिकन तथा नेपाली डाक्टरहरुको टोलीले प्लास्टिक सर्जरि अपरेशन गरेको छ ।
वीरगन्जको छपकैंया निवासी मुस्कान खातुन माथी एसिड आक्रमण गरेका कारण उनको उपचार तीन महिनादेखि किर्तीपुर बर्ण अस्पतालमा भइरहेको छ ।
मुस्कानलाई अझ आर्थिक सहयोगको अवश्यकता रहेकोले विभिन्न दाताहरुसँग कुरा चलिरहेको बताउँदै नगर प्रमुख सरावगीले सबैलाई इच्छुक संस्थाहरुलाई आर्थिक सहयोग गर्न अनुरोध समेत गरे ।
तपाईको प्रतिक्रिया