काठमाडौं, ५ जेठ । प्रतिनिधिसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले निजी अस्पतालहरुलाई राष्ट्रियकरण गर्न सुझाव दिएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद यादवले निजी अस्पतालहरुलाई राष्ट्रियकरण गरी नागरिकहरुलाई कोरोना भाइरस (कोभिड–१९) बाट बचाउनुपर्ने धारणा राखेका छन् ।
‘जबसम्म निजी अस्पतालहरु राष्ट्रियकरण हुँदैन तबसम्म नागरिकलाई हामी बचाउन सक्दैनौं,’ सांसद यादवले भने, ‘दिनप्रति दिन संक्रमितहरु थपिरहेका छन्, तर नियन्त्रणमा आइरहेको छैन ।’
उनले सरकारले एकातिर लकडाउन बढाउँदै गएको छ भने संक्रमितहरु पनि बढ्दै गइरहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया