काठमाडौं, २० जेठ । नेपाल भारतबीच सीमा समस्या आइरहँदा भारतको सत्तारुढ भारतीय जनता पार्टी निकटस्थ सामरिक मामलाका जानकारहरुले नेपालको वर्तमान सरकारप्रति आक्रोश पोखेका छन् ।
भारतको मध्यदक्षिणपंक्ति धारको अनलाइन टीएफआइ पोष्टले नेपालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाली सेनाले आवश्यक परे युद्ध पनि गर्ने भनेको भन्दै भारतसँगको पछिल्लो सिमा विवादलाई जोडेको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्शा सार्वजनिक गरेको विषय जोडेर नेपालको कम्युनिस्ट सत्ताले जर्बजस्ती भारतको सुरक्षा र सामरिक चासोलाई बेवास्ता गरेको टिप्पणी गरेको छ ।
‘नेपालले सिमा विवाद झिकेर भारतको सुरक्षा स्वार्थलाई खलल पुर्याएको, छ,’ टीएफआइ पोष्टले लेखेको छ, ‘कम्युनिस्ट सत्ताले जर्बजस्ती भारतको सुरक्षा र सामरिक चासोलाई बेवास्ता गरेको छ ।’
विभिन्न टिप्पणी र घटनाक्रम केलाउँदा भारतमा एउटा पक्ष कम्युनिस्ट सरकारसँग वार्ता गरेर सम्बन्ध पुर्नस्थापित गर्नुपर्नेमा जोड दिएका छन् । अर्को पक्ष भने आक्रामक कुटनीतिमा जोड दिइएकोे छ । विशेषगरी कम्युनिस्ट सत्ताप्रति निकै कडा नीति लिनुपर्ने पक्षमा छ ।
भारतभित्र नेपालमा नयाँ नक्शा जारी गरेपछि नेपाल मामलामा चलिरहेको बहस नियाल्दा कठोर कुटनीति अबलम्बन गर्न सक्ने सम्भावना बलियो भएर गएको छ ।
तपाईको प्रतिक्रिया