काठमाडौं, १ असार । भारतले लकडाउनको अवस्था रहे पनि नेपालका लागि सामान आपूर्तिमा अवरोध नभएको स्पष्ट पारेको छ ।
दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँग गहिरो सांस्कृतिक, सभ्यता र मैत्री सम्बन्ध रहेको भन्दै आपूर्ति नियमित रहेको स्पष्ट पारेका हुन् ।
‘लकडाउन भए पनि नेपाललाई आवश्यक पर्ने वस्तुको व्यापार र आपूर्तिमा कुनै किसिमको अवरोध हुँदैन,’ प्रवक्ता श्रीवास्तवले भने ।
प्रवक्ता श्रीवास्तवले भारतले नेपाललाई कोभिड– १९ को नियन्त्रण तथा रोकथामका लागि सम्भव भएसम्म प्राविधिक, चिकित्सा र मानवीय सहयोग पुरÞ्याइरहेको, विदेशमा रहेका नेपालीको स्वदेश फिर्ताका लागि पनि सहयोग गरेको तथा हालसम्म २५ टन औषधि तथा स्वास्थ्य सामग्री पठाएको पनि बताएका छन् ।
तपाईको प्रतिक्रिया