नेपालगञ्जमा ‘क्यान इन्फोटेक’ सञ्चालन

समाचार

3/4/2020

नेपालगञ्ज, २१ फागुन । नेपालगन्जमा मंगलबारबाट सूचना प्रविधि महोत्सवका रुपमा क्यान इन्फोटेक सुरु भएको छ । 

कम्प्युटर एसोसिएसन नेपाल महासंघ बाँकेले आयोजना गरेको क्यान इन्फोटेक मेलामा मोबाइल, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन, बैंक, आईसीटी कलेजलगायत सूचना प्रविधिका ९० वटा रहेको महासंघका जिल्ला अध्यक्ष रमणी प्रसाद शर्माले बताए ।

कैलालीको सरस्वती नमुना उच्च माध्यमिक विद्यालयका कक्षा ९ का विद्यार्थी दीपेन्द्र जोशीले ड्रोन बनाएका छन् । धनगढी उपमहानगरपालिका–३ का जोशीले बनाएको ड्रोनले मंगलबारदेखि नेपालगञ्जमा सुरु भएको क्यान इन्फोटेक मेलामा पुष्पवृष्टि गरेको थियो । मेलामा उनले आविस्कार गरेको ड्रोन हेर्न घुँइचो लाग्ने गरेको छ । ‘ड्रोन दुई किलोमिटरसम्म उडाउन मिल्छ ।

मेलामा अर्को आकर्षण छ, पेट्रोलबाट चल्ने बग्गी । एक जना सवार हुने बग्गी कैलालीकै तनवीर चौधरीले विकास गरेका हुन् । उनी पनि ८ कक्षाका विद्यार्थी हुन् । होन्डा मोफेट मोटरसाइकलको इन्जिनबाट चल्ने बग्गी पेट्रोलबाट चल्छ । चौधरी, जोशी, दीपक विष्ट र अनिल पाण्डेको समूहले विद्युत् र पानीबाट चल्ने विकास गर्न लागिरहेका छन् । एक दुई वर्षमै आविस्कारले पूर्णता पाउने उनीहरुले बताए ।

निकै महंगा प्रविधिलाई प्रतिस्पर्धात्मक रुपमा सहुलियत ढंगले उपलब्ध गराइने इन्फोटेकमा स्वदेशी ब्राण्डलाई प्रदर्शनीका लागि प्राथमिकतामा राखिएको क्यान महासंघ बाँकेका सचिव दिपक खड्काले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ