नेपालगन्ज–दिल्ली–नेपालगन्ज बस संचालनमा रोक

समाचार

3/18/2020

बाँके, ५ चैत । नेपालबाट भारतका विभिन्न स्थानमा संचालन हुने लामो दूरीका सार्वजनिक यातायात सेवा बन्द भएको छ ।

भारतको विभिन्न स्थानमा कोरोना भाइरस (कोडिभ–१९) संक्रमित व्यक्ति फेला परेपछि स्थानीय प्रशासनले नेपाल र भारतबाट संचालन हुने लामो दूरीका सार्वजनिक यातायातका साधनमा प्रतिबन्ध लगाएको हो ।

गृह मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई लामो दूरीका सवारी साधन संचालनमा रोक लगाउन परिपत्र गरेपछि सोहीबमोजिम भारतबाट आउने र नेपालबाट जाने सार्वजनिक यातायातका सवारी साधन सीमामै रोकिने भएका हुन् ।

विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण दुवै देशमा फैलिन नदिन दुवै देशबाट संचालन लामो दूरीका सार्वजनिक सवारी साधन संचालनमा रोक लगाएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ