नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन हुने

समाचार

5/16/2020

काठमाडौं, ३ जेठ । सरकारले नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन गरी नेपाली वस्तुको निर्यात गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै नेपाली वस्तुको निर्यातका लागि पारवाहन सन्धी पुनरावलोकन गर्ने जानकारी दिएकी हुन् ।

उनले बंगलादेश र भुटानसँग पनि व्यापार सम्झाता गरिने बताएकी छन् । छिमेकी मुलुक चीनसँगको पारवहन सुविधाको उपभोग गरी चिनियाँ बन्दरगाहहरुबाट तेस्रो मुलकसँगको व्यापार विस्तार गरिने समेत बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ