इलाम, २८ चैत । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इलामको नेपाल–भारत सीमा क्षेत्रका सात स्थानमा सशस्त्र प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको छ ।
लकडाउनको समयमा भारतबाट आउनेक्रम नरोकिएपछि सुरक्षा सतर्कताका लागि पोष्ट स्थापना गरिएको हो ।
भारतसँग सिमाना जोडिएको रोङ गाउँपालिकाको जिर्मले, सूर्योदय नगरपालिकाको समालबुङ, छब्बिसे, हिले, मानेभञ्ज्याङ्ग, माईजोगमाई गाउँपालिकाको मेघमा र सन्दकपुर गाउँपालिकाको जौबारीमा अस्थायी सुरक्षा पोष्ट राखिएको सशस्त्र प्रहरी बल १ नम्बर गण हेडक्वाटर इलामका प्रहरी उपरीक्षक रोशन श्रेष्ठले जानकारी दिए ।
प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘सीमा नाकाबाट आएका मानिस क्वारेन्टाइनमा नगइदिएपछि कोरोनाको जोखिम बढ्ने देखियो । यो त्रास नहटेसम्म सिमानामा उच्च निगरानी गर्छौं ।’
तपाईको प्रतिक्रिया