नेपाल–भारत समन्वय समितिको बैठक बुधबार

समाचार

3/3/2020

काठमाडौं, २० फागुन । नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बुधबार बैतडीमा बस्ने भएको छ। भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बस्न लागेको हो ।

बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट (डीएम) डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता रहने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा सञ्चालन हुने बैठकमा पिथौरागढ, बैतडी र दाुर्चलामा सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहने भएको छ । बैठकमा दुईपक्षीय/बहुपक्षीयका विभिन्न २१ बुँदामा छलफल हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ