काठमाडौं, १ चैत । नेपाल र भारतको सीमामा पर्ने रुपन्देहीमा प्रतिसात किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट रहने भएको छ ।
सीमा क्षेत्रमा हुने सीमा अपराधको रोकथामका लागि गृहमन्त्रालयले नेपालसँग सीमा जोडिएका सीमा क्षेत्रमा ११४ नयाँ बोर्डर आउट पोष्ट थप्ने निणर्य गरेसँगै रुपन्देहीमा भारतीय सीमासँग जोडिएका पाँच स्थानमा बोर्डर आउट पोष्ट थप्नुपर्ने भएको हो ।
पूर्वमा नवलपरासी र पश्चिममा कपिलवस्तुमा पर्ने यो जिल्लाको सीमा क्षेत्र ६० किलोमिटर लामो दूरी रहेको छ ।
जिल्लामा अहिले एक गण, तीन गुल्म, चार बोर्डर आउट पोष्ट र पाँच सुरक्षा बेस रहेकामा अब थप पाँच स्थानमा बोर्डर आउट पोष्ट थपिने सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
जिल्लाको भारतसँग सीमा जोडिएका थप पाँच स्थान बुची नाका, सिसुवा नाका, पच्चवारी नाका, मञ्जरिया नाका र थुमुवा नाकामा नयाँ बोर्डर आउट पोष्ट राख्न प्रक्रिया अगाडि बढिसकेको उनले बताए ।
तपाईको प्रतिक्रिया