पर्सा, २७ चैत । कोरोना भाइरस (कोभिड –१९) को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा थप कडाइ गरेको छ ।
यसका लागि आठ जिल्लाका १०६ सीमानाकामा पाँचहजार ७३० प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
लकडाउनका समयमा नाकाबाट लुकिछिपि स्वदेश फर्किनेक्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो ।
भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजी कार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकिछिपि नेपाल प्रवेश गर्ने ४६ जना भारतीयलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ ।
तपाईको प्रतिक्रिया