काठमाडौं, २ पुस । नेपाल–भारत संयुक्त संयन्त्रले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सीमा स्तम्भ मर्मत तथा द्विदेशीय नक्सांकनको काम सुरु गरेको छ ।
सन २०१९–२०२० का लागि भारतबाट आएका विज्ञसहितको चारवटा समूह सीमा क्षेत्रमा खटिएको हो ।
नापी विभागका अनुसार एक नम्बर टोलीले पूर्वमा मेची र कोशीसम्मको क्षेत्रमा अन्तर्रा्ष्ट्रिय सीमा र सीमा स्तम्भको नाप–जाँच गरिरहेको छ ।
यस्तै, दुई नम्बर टोलीले कोशीदेखि नारायणीसम्म, तीन नम्बर टोलीले नारायणीदेखि कर्णालीसम्म र चार नम्बर टोलीले कर्णालीदेखि महाकालीसम्मको सीमाक्षेत्रमा काम गरिरहेको छ ।
संयुक्त टोलीमा दुवै देशका विज्ञसहित सशस्त्र प्रहरी समेत क्षेत्रमा खटिएका छन् । यो टोलीले सुस्ता र कालापानीबाहेक नेपाल–भारत सीमा क्षेत्रमा रहेका मुख्य, सहायक र साना सीमा स्तम्भको वास्तविक अवस्था हेर्ने र आवश्यकताअनुसार मर्मतदेखि निर्माणसम्म गर्नेछ ।
तपाईको प्रतिक्रिया