नेपालमा रोकिएका भारतीय नागरिक स्वदेश फिर्ता

समाचार

6/4/2020

काठमाडौं, २२ जेठ । भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ । विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ ।

लामो समय जारी रहेको लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई बिहीबार पनि भारत लैजाने व्यवस्था मिलाएको हो ।

दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था गरिएको छ । भारत सरकारले यस अघि पनि नेपमालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी प्लेन मार्फत स्वदेश फिर्ता लगेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ