नेपालले समझदारी उल्लंघन गर्‍यो : भारत

समाचार

6/14/2020

काठमाडौं, ३२ जेठ । भारतले नेपालमाथि सीमा मामलामा वार्ताका लागि हालैको समझदारी उल्लंघन गरेको आरोप लगाएको छ । उसले वार्ताका लागि वातावरण बनाउन नेपालका तर्फबाट तत्परता हुनुपर्ने पुरानै अडान दोहोर्‍याएको छ ।

नेपालको संसदले नयाँ नक्शासहितको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक पारित गरेपछि भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तले यसअघि नै आफूहरुको धारणा स्पष्ट रुपमा राखिसकेको बताएका छन् ।

उनले मिडियाको चासोबारे प्रतिक्रिया दिदै नेपालको सीमाबारे दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘यसले सिमा मामलामा वार्ता गर्ने हालैको सहमतिको समेत उल्लंघन गरेको छ ।’ उनले नेपालको पछिल्लो कदमबारे आफूहरुले जानकारीमा राखेको जनाए ।

श्रीवास्तवले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘हामीले नोटिस गर्यौं कि नेपालको प्रतिनिधि सभाले नेपालको नक्शा बदल्नको लागि संविधान संशोधन विधेयक पारित गरेको छ, जसमा भारतीय क्षेत्रको केही अंश समावेश छ। हामीले यसबारे आफ्नो धारणा स्पष्ट गरिसकेका छौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ