'नेपालसँगको सीमा बन्द छैन'

समाचार

3/20/2020

नयाँदिल्ली, ७ चैत । नेपालले गरेको आग्रहअनुरूप मानिसको आउजाउ रोक्ने गरी सीमा बन्द गर्ने सम्बन्धमा कुनै निर्णय नभएको भारतले बताएको छ ।

नेपाल सरकारले भारतसमक्ष नाकाबाट हुने आउजाउ बन्द गर्ने सम्बन्धमा औपचारिक रूपमै आग्रह गरेको थियो ।

नेपालको उक्त आग्रहका सम्बन्धमा कुनै जानकारी नभएको उल्लेख गर्दै विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले त्यस्तो निर्णय लिइए तत्काल सार्वजनिक गरिने बताए ।

विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने, ‘जे जस्ता निर्णय लिइन्छ त्यो खुला नै हुनेछ ।’

भारतले गत आइतबारदेखि मानिसको आउजाउका लागि औपचारिक रूपमा वनबासा, सुनवल, वीरगन्ज, काँकडभिट्टा गरी चारवटा प्रमुख नाका मात्र खुला राखेको छ ।

प्रवक्ता कुमारले कोभिड–१९ विरुद्ध जुध्न नेपाल र माल्दिभ्सबाट ¥यापिड रेस्पोन्स टिमका लागि भारतसमक्ष अनौपचारिक रूपमा आग्रह आएको जानकारी दिए ।

कोभिड–१९ नियन्त्रण गर्ने सम्बन्धमा सार्क मुलुकहरूबीच गत आइतबार साँझ भएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रह आए ¥यापिड रेस्पोन्स टिम र स्वास्थ्य सामग्री उपलब्ध गराउन भारत तयार भएको बताएका थिए ।

कुमारले त्यही कन्फरेन्समा घोषणा गरिएको सार्क आपत्कालीन कोषमा सहयोग सामग्रीको माग आएको समेत जानकारी दिए । भुटान र माल्दिभ्सलाई त्यही कोषबाट मास्क, जुत्तालगायतका सामग्री उपलब्ध गराइसकेको समेत उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ