काठमाडौं, ३२ जेठ । भारतको राज्य सभाका सांसद तथा भारतीय जनता पार्टी (भाजपा)का नेता सुव्रमण्यम स्वामीले नेपालसँगको सम्बन्ध बिग्रिनुलाई भारतको कूटनीतिक असफलता भएको बताएका छन् ।
उनले आज बिहान ट्विटरमा नेपालसँगको सम्बन्ध बिग्रिनु भारतको असफलता होइन र भन्दै प्रश्न गरेका छन् ।
‘नेपालले कसरी भारतीय भूमि लिन्छु भनी सोच्न पनि सक्छ ? के कारणले नेपालको यति धेरै चित्त दुखेको छ कि ऊ भारतसँगको सम्बन्ध तोड्न चाहन्छ ? के यो हाम्रो असफलता होइन?,’ उनले ट्विटरमा लेखेका छन् । साथै भारतले आफ्नो विदेश नीतिसमेत रिसेट गर्नु पर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया