नेपाल भारत महिला मैत्री समाजद्वारा प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

समाचार

4/12/2020

जनकपुरधाम, ३० चैत । महामारीको रुपमा आएको कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि नेपाल भारत महिला मैत्री समाजले प्रदेश सरकारलाई झण्डै दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

समाजका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले उक्त सामग्रीहरु आज मुख्यमन्त्री मा. लालबाबु राउतलाई हस्तान्तरण गरेकी छन् ।

मुख्यमन्त्री निवासमा हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामग्रीहरुमा पिपिई १५० थान, ग्लोब्स ४ हजार २ सय पचास, सेनिटाइजर पाँच सय एमएलको ८४ बोतेल, स्प्रे टैंक १० र सर्जिकल मास्क २ हजार थान रहेको छ ।

समाजले प्रदान गरेको स्वास्थ्य सामग्रीहरु आजै विभिन्न अस्पतालमा पु¥याइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ