काठमाडौं, २३ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन् ।
काठमाडौंमा भएको एक कार्यक्रममा उनले भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न भारतीय प्रधानमन्त्री मोदी पुनः आउने अपेक्षा गरे ।
उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरु मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरुहरु तथा राजनीतिक नेताहरुको भ्रमण हुने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मन्जीवसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए । उनले धार्मिक सम्बन्ध भएकै कारण धेरै भारतीय नागरिकहरु नेपाल आउने गरेको बताए ।
तपाईको प्रतिक्रिया