नेपाल ल्याउने सामान ल्हासामा रोकियो 

समाचार

3/29/2020

काठमाडौं, १७ चैत । चीनबाट नेपाल ल्याउन लागिएका स्वास्थ्य सामग्री उतै रोकिएका छन् । चीनको बेइजिङ साभन्त बायोटेक्नोलोजीले नेपाललाई दिएका दुई हजार थान कोरोना भाइरस जाँच्ने उपकरण (किट्स) शनिबार साँझसम्म तातोपानी नाका ल्याउने तयारी थियो ।

चीन सरकारले सूचीकृत गरेका १९ कम्पनीका स्वास्थ्य सामग्रीलाई मात्रै निर्यात गर्ने अनुमति रहेको र स्पेनमा पठाइएका सामग्रीको चर्को आलोचना भएपछि नेपाल ल्याउन लागिएका सामग्री शनिबार रोकिएका हुन् ।

चीनको केन्द्र सरकारले अनुमति नदिएको भन्दै ल्हासा सरकारका अधिकारीले नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीलाई सामान नेपाल ल्याउन नसकिने जानकारी दिएका छन् ।

नेपाली महावाणिज्यदूत कार्कीले दुई हजार थान किट्स चीनले निर्यात गर्न नसकिने जानकारी मात्रै दिएको र सामान पठाउन नसकिएको बताए ।

चीनमा सक्कलीदेखि नक्कलीसम्म सबै प्रकारका सामान पाइन्छन् । अहिले दु्रत गतिमा सामान उत्पादन गर्नुपर्ने अवस्था भएकाले क्वालिटी प्रमाणित हुन्छ भन्ने अवस्था छैन ।

स्पेनमा नक्कली सामान गयो भन्ने चर्को आलोचना भएपछि सरकार संवेदनशील देखिएको छ । त्यही कारण हाम्रो सामान रोकिएको हो भन्ने सूचना पाएका छौँ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ