नेपाली सेनाले भारतबाट ५३ प्रकारका स्वास्थ्य सामग्री ल्याउँदै

समाचार

5/6/2020

काठमाडौं, २४ बैशाख । नेपाली सेनाले स्वास्थ्य सामाग्री खरिदका लागि भारतीय कम्पनीसँग सम्झौता गरेको छ । नेपाली सेनाले उत्तरी छिमेकी चीनसँगै भारतबाटसमेत स्वास्थ्य सामाग्री ल्याउने भएको हो ।

सेनाले पराष्ट्र मन्त्रालयको समन्वयमा भारतको सरकारी औषधि कम्पनी बीपीपीआईसँग कोरोना भाइरस संक्रमणको उपचारमा चाहिने विभिन्न ५३ प्रकारका स्वास्थ्य सामाग्री ल्याउन लागेको हो ।

एक करोड ५० लाख भारतीय रुपैयाँ बराबरको औषधि अन्य स्वास्थ्य सामाग्री खरिद सम्झौता गरेको नेपाली सेनाले जनाएको छ । हाल त्यसका लागि नेपालस्थित पराष्ट्र मन्त्रालयको सहयोगमा भारतस्थित नेपाली दूतावसले समन्वय गरिरहेको छ ।

उक्त कम्पनीलाई औषधि खरिदका लागि रकम पठाउने अन्तिम तयारी भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए । उक्त औषधि बीपीपीआई कम्पनीले दिल्लीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्नेछ ।

प्रवक्ता पाण्डेका अनुसार भारतबाट ल्याइने स्वास्थ्य स्वास्थ्य सामाग्रीमा मुख्यरुपमा कोरोना भाइरसका बिरामीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधीहरु रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ