जनकपुरधाम , २३ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले कार्यालयको भित्तामा भ्रष्टाचार विरोधी स्लोगन टाँसेर मात्र भ्रष्टाचार उल्मुलन हुन नसक्ने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास कार्यालयले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्र्रिय दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
भ्रष्टाचार नियन्त्रणको लागी अन्तरआत्मा देखि नै तयार हुन सबैलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले राष्ट्रसेवक कर्मचारी इमान्दार हुनुपर्ने पनि बताए ।
उनले कर्मचारीले बाटो नबनाए सम्म नेताले भ्रष्टाचार गर्नै नसक्ने दाबी समेत गरे । समाजिक अवस्थाले समेत भ्रष्टाचारलाई प्रोत्साहन गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भ्रष्टाचारीलाई तिरस्कार गरिने वातावरण बनाउनु पर्ने बताएका हुन् । समाजले भ्रष्टाचारीलाई तिरस्कार गर्न सुरु गरे आजै बाट भ्रष्टाचार उन्मुलन हुने उनले दाबी गरे ।
अख्तियार बर्दिबासका प्रमुख नारायण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख तिलक परियार, प्रदेश सरकारका मन्त्रीहरु जितेन्द्र सोनल, विजय यादव, ज्ञानेन्द्र यादव, नवल किशोर साह, राम नरेश राय, राज्यमन्त्री डिम्पल झा, सुरेश मण्डल, उषा यादव, प्रमुख सचिव रामकृष्ण सुबेदी, मन्त्रालय सचिवहरु, सुरक्षा निकायका प्रमुख , विभिन्न कार्यालयका प्रमुखहरु, नागरिक समाज सहितको उपस्थिति रहेकोे थियो ।
तपाईको प्रतिक्रिया