नेपालगञ्ज, १५ पुस । नेपालगञ्जका एक समाजसेवीले बर्दियाको बढैयाताल गाउँपालिकाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।
श्री भवानी माध्यमिक विद्यालयका ३५ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाइ न्यानो कपडा र खेलकुद सामाग्री वितरण गरेका छन् ।
नेपालगञ्ज स्थित रामदुत स्टेशनरीका सञ्चालक समाजसेवी नरेशकुमार अग्रवालले ३५ थान ज्याकेट र खेलकुद सामाग्री गरी करिब पचास हजार रुपियाँको सहयोग गरेका हुन् । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गरिएको समाजसेवी अग्रवालले बताए ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दालाल वैश्य, बढैयाताल वडा न.ं३ का वडा अध्यक्ष दुर्गाप्रसाद पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर केसी, मानझुन्डी वनका अध्यक्ष सुशील बस्यालगायत सो ज्याकेट र खेल सामग्री बालबालिकालाई वितरण गरेका हुन् ।
तपाईको प्रतिक्रिया