सिरहा, ५ पुस । मधेशमा शीतलहर सुरु भइसकेको छ । शीतलहरको कारण जनजीवन प्रभावित भइरहेको छ । अत्यधिक चिसोका कारण कष्टकर बनेको बेला प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले न्यानो पारौं अभियान सुरु गरेका छन् ।
चिसोका कारण मधेश (झापादेखि कञ्चनपुरसम्म) का जनजीवन प्रभावित रहेका छन् ।
मधेशका आठ जिल्ला रहेको प्रदेश २ का राज्यमन्त्री सुरेश मण्डलले आफ्नो जिल्ला सिरहाको कल्याणपुर बजारमा आगोको जोहो गरेका छन् ।
साथै इटारी प्रसाही, चतरी दोनबारी, अर्नमा बनिनियाँ बेल्हा, करुन्याही बजार, परचिलवा, रमना बङठिया लगायत चौक चौकमा दाउरा बितरण गरेको राज्यमन्त्री मण्डलले मधेशवाणीलाई जानकारी दिएका छन्।
सो क्रममा सहयोग गर्ने डिभिजन वन कार्यालय सिरहा, कमला माई सामुदायिक बन उपभोक्ता समिति बन्दिपुर, इप्रका मिर्चैयाको प्रमुख सन्तु जैसवार, शहीद नगर नगरपालिका प्रमुख उदय बरबरिया, कमला अभियानी बिक्रम यादव, राजपा कल्याणपुर नगरका अध्यक्ष रामबाबु यादव, नेता स्वामी बाबा,किशोरी यादव, वडा अध्यक्ष राजेश्वर यादव, अशोक मण्डल, लालबाबु मण्डल लगायत सम्पूर्णलाई धन्यवाद दिँदै राज्यमन्त्री मण्डलले यो अभियान निरन्तर जारी रहने जनाएका छन् ।
तपाईको प्रतिक्रिया