नयाँ नक्सा जारी गरेको सर्लाहीमा दीप प्रज्जवलन

समाचार

5/28/2020

काठमाडौं, १५ जेठ । नेपालको नयाँ नक्सा सार्वजनिक कार्यलाइ समर्थन गर्दै हरिवन नगरपालिका ३ मा दीप प्रज्जवलन गरिएको छ ।

नेकपाको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा दीप प्रज्जवलन गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा समाजवादी पार्टीको नेता गंगा थिङ पनि सहभागी थिए ।

दीप प्रज्जवलन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष दिपमान लोप्चन, संचालन रामचन्द्र कुशहवालगायत सहभागी थिए ।

दीप प्रज्जवलनलगत्तै सम्बोधन गर्दै नेता न्यौपानेले राष्ट्र र राष्ट्रियताको सवालमा आफ्नो पार्टी र वर्तमान सरकार सतिसालझैं उभिँदै आएको बताए । उनले नेपालको भूमि फिर्ता लिन कुटनैतिक तवरले अगाडी बढ्नुपर्ने पनि धारणा राखे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ