नयाँ वर्ष मनाउन आएका भारतीय पर्यटकलाई स्वागत

समाचार

1/1/2020

मकवानपुर, १६ पुस । अँग्रेजी नयाँ वर्ष ईस्वी सम्वत् २०२० मनाउन भारतबाट आएका पर्यटकहरुलाई मकवानपुर जिल्लामा भव्य स्वागत गरिएको छ ।

नगरपालिकाले नयाँ वर्ष मनाउन आएका पर्यटकलाई पुष्पगुच्छा र खादासहित पर्यटकलाई स्वागत गरेको हो । पहिलो दिन थाहा नगरको सिमभन्ज्याङमा थाहा नगरका उपमेयर खड्ग गोपालीले भारतीय पर्यटकलाई स्वागत गरेका थिए ।

नयाँ वर्ष मनाउन आएका उनीहरुलाई यस क्षेत्रको गन्तव्य देखाउँदै नगरपालिकाले गरेको स्वागतबाट आफूहरु हर्षित भएको भारतीय पर्यटकहरुले प्रतिक्रिया दिएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र थाहा नगरले आफ्नो क्षेत्रमा ६२ वटा प्रर्यटकीय गन्तव्य देखाउँदै पर्यटकको स्वागत गरेको छ । थाहा नगरपालिकाको दामन, सिमभन्ज्याङ चित्लाङसहितका गाउँका सांस्कृतिक पहिचानसहित गन्तव्य चिनाएको हो ।

थाहा नगरपालिकाले भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात जनवरी फष्टमा सिमभन्ज्याङ,दामन र चित्लाङमा आउने पर्यटकहरुलाई स्वागत गर्ने कार्यक्रम राखेको हो ।

त्यसैगरी हेटौडा उपमहानगरपालिका–११ स्थित शहिद स्मारकमा बुधबार आउने पहिलो स्वदेशी एवं विदेशी पर्यटकहरुलाई पनि स्वागत गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ