निरीक्षण समितिको म्याद थप

समाचार

2/27/2020

काठमाडौं, १५ फागुन । सरकारले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समितिको म्याद छ महिना थप गरेको छ । मन्त्रिपरिषद बैठकले समितिको कार्यावधी २०७७ असारसम्मका लागि थप्ने निर्णय गरेको हो ।

गत कात्तिक २९ मा सरकारले तीन महिना कार्यावधि तोकेर सीमा निरीक्षण समिति गठन गरेको थियो ।

परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुखले संयोजन गर्ने समितिमा रक्षा मन्त्रालय, गृह मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा उर्जा मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, वन मन्त्रालय र आवश्यकता अनुसार सुरक्षा निकायहरू, सम्बन्धित प्रदेश सरकार, नापी विभाग र विज्ञहरू सदस्य छन् ।

समितिले निर्धारित मितिमा काम सम्पन्न गर्न नसकेपछि सरकारले म्याद थप गरेको हो । सीमा निरीक्षण समितिलाई सरकारले नेपाल–भारत सीमा सम्बन्धमा रहेको विवाद निरूपण गर्न, सीमा सम्बन्धी स्थापित संयन्त्रलाई सहयोग गर्न तथा आन्तरिक सीमाको निरीक्षण गर्ने जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ