बाँके, १२ वैशाख । जिल्लाको बैजनाथ गाउँपालिकामा नालामा जमेको पानीमा डुबेर तीन बालकको ज्यान गएको छ ।
बैजनाथ गाउँपालिका–२ पितमारीस्थित बन्दै गरेको क्षेत्रिय कारागारको कम्पाउण्ड बाहिर रहेको पानी निकासको लागि खनेको नालामा जम्मा भएको पानीमा डुबेर तीन जना नाबालकको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरु सोही ठाउँ बस्नेहरु १२ वर्षीय नरेश कुँवर, १२ वर्षीय नबिन परियार र ११ वर्षीय अमिल रावल रहेका छन् । उनीहरुको खेल्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया