नेविसंघद्धारा प्रर्दशन

समाचार

3/1/2020

तौलिहवा, १९ फागुन । सरकारले पुस्तकमा लगाएको कर, पेट्रोलियम पर्दाथमा गरेको मुल्य वृद्धि र सरकारमा बसैकै मन्त्रीहरुले गरेको भष्ट्राचार विरुद्ध नेपाल विद्यार्थी संघले सडक आन्दोलन गरेको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समतिले कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा अगाडी व्यानर प्लेकार्ड सहित नाराबाजी गर्दै १ घण्टा चक्का जाम गरेको थियो ।

सरकारले गरिव जनताका छोराछोरीले अध्ययन गर्ने पुस्तकमा १० प्रतिशत कर लगाएको छ त्यसको विरुद्ध कडा आन्दोलन गर्ने ने.वि.संघले जनाएको छ । त्यस्तै पेट्रोलियम पर्दाथमा प्रति लिटर ५ रुपैंया बुद्धि गरेर गरिब जनतालाई ढाड सेक्ने काम गरेको समेत नेविसंघले आरोप लगाएको छ ।

विरोध सभामा वोल्दै नेविसंघका जिल्ला सभापती राकेश पाण्डेयले वर्तमान सरकार काण्डै काण्डको सरकार भएको र जनताको खुन पसिमा चुस्ने काम गर्ने मात्र गरेको हुँदा अव विद्यार्थी एक भएर आन्दोलनमा उत्रर्ने बेला आएको बताए । साथै पाण्डेले सरकारले गरेका गलत कार्यहरु अव जनताले सहन नसक्ने पनि बताए ।

त्यस्तै क्षेत्रीय सभापती आनन्द कुमार चौधरीले केन्द्रिय सर्कुलर अनुसार विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा सयौं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ