नेशनल डिफेन्स युनिभर्सिटीको प्रमुखमा नेपाली सेनाका पूर्वरथी शर्मा नियुक्त

समाचार

5/1/2020

काठमाडौं, १९ बैशाख । स्थापनाको क्रममा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् ।

बैशाख १२ गतेको मन्त्रिपरिषद्को बैठकले पूर्वरथी शर्मालाई विश्वविद्यायलयको पूर्वाधार निर्माण विकास समिति गठन गरि त्यसको अध्यक्ष र पूर्वराजदूत शम्भुराम सिम्खडा र पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलालाई सदस्यमा नियुक्त गरेको हो ।

समितिमा रक्षा, अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको समेत प्रतिनिधित्व रहेको छ ।

समितिले विश्वविद्यालयको व्यवस्थापकिय पक्षका साथै पूर्वाधार निर्माणदेखि अध्यापनका लागि पाठ्यक्रम निर्माण, पाठ्यसामग्रीको चयन, विषय समिति र विषयहरुको चयनलगायतको काम गर्नेछ ।

नेपाली सेनाले अघि सारेको अवधारणाअनुसार नेपालमा पहिलो पटक प्रतिरक्षा विश्वविद्यालयको स्थापना भएको हो । यसका लागि सरकारले काभ्रेको सांगामा पांचसय रोपनी जग्गा दिने निर्णय समेत गरिसकेको छ ।

सेनाका पूर्वरथी शर्माले फोर्स कमाण्डरको रुपमा समेत काम गरेका थिए । त्यसका साथै नेपाली सेना र माओवादी सेनाबीच भएको समायोजनमा समेत उनि संलग्न थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ