बंगलामुखी न्युरो सोसाईटीद्वारा नि:शुल्क खाना वितरण

समाचार

5/6/2020

विराटनगर, २४ वैशाख । लकडाउनका कारण समस्यामा परेकाहरुलाई श्री बंगलामुखी न्यूरो सोसाईटीले खाना खुवाउन सुरु गरेको छ । विराटनगर १० स्थित सोसाईटीले मंगलबारदेखी लकडाउन अवधीभरका लागि निशुल्क खाना खुवाउने व्यवस्था गरेको छ ।

लकडाउन कारण न्युरो अस्पतालमा विरामीका कु्रुवाका साथै अस्पताल आसपासका विपन्न वर्गका मानिसहरूलाई निःशुल्क खाना खुवाउन सुरु गरिएको सोसाइटीका संयोजक सुरेश लाल श्रेष्ठले बताए ।

यसैबिच सोसाईटीको यस कार्यका लागि न्यूरो अस्पतालका अध्यक्ष डा. विरेन्द्र कुमार विष्टले सोसाईटीलाई नगद १० हजार सहयोग हस्तान्तरण गरेका छन् । साथै आजै न्युरो अस्पतालमा बिरामी लिएर आएका विरामीका आफन्तलाई निःशुल्क खाना वितरण गर्दै डां विष्टले लकडाउनको समयमा यसरी निःशुल्क खाना खुवाउने संस्थालाई धन्यवाद प्रकट गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ