निःशुल्क मास्क वितरण

समाचार

3/19/2020

जनकपुरधाम, ६ चैत । कोरोना संक्रमणको आशंकामा सर्वसाधारणमा त्रास बढ्न थालेपछि जनकपुरमा क्लोथ बैंक धनुषाले निःशुल्क मास्क वितरण गरेको छ । जनकपुरस्थित बस स्टेण्डमा बस व्यवसायीको पहलमा मास्क वितरण गरिएको हो ।

जनकपुरमा मास्क सहज रुपमा उपलब्ध नभइरहेको अवस्थामा सर्वसाधारणमा कोरोना संक्रमणको त्रास भइरहेको बेला स्वास्थ्यको ख्याल गर्दै मास्क वितरण गरेको क्लोथ बैंक धनुषाका अध्यक्ष राजिव झाले जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ