वार्षिकत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने

समाचार

12/23/2019

विराटनगर, ८ पुस । स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रा.लि.ले चौथो वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

यही पुसको ९ र १० गते निःशुल्क हाडजोर्नी एवम् नशा शिविर गर्ने संचालन गर्ने जनाएको छ । स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालले अस्पताल हातामा सोमबार पत्रकार सम्मेलन गरी चोथौ वार्षिकोत्सव भव्यताका साथ मनाउने जानकारी गराएको हो ।

काठमाडौबाट आएको विशेषज्ञसहितको टिमले सेवा प्रवाह गर्ने पत्रकार सममेलनमा जानकारी दिइएको थियो यस्तै पूर्वमा रगतको अभाव महसुुस भएकाले रक्तदान कार्यक्रम गर्ने अस्पतालका सञ्चालक रुपेश अधिकारीले जानकारी दिए ।

सोही अवसरमा अध्यक्ष अधिकारीले पत्रकार र पत्रकारका परिवारलाई सबै सेवामा शतप्रतिशत छुट दिइने जानकारी पनि गराए । अस्पतालले प्यारालाइसी (पक्षघात), मुख बाङ्गिने, शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको, वाथ–आर्थराइटिस, घुडा जोर्नीहरु दुख्ने लगायतका रोगहरुको सफल उपचार गर्दै आएको अध्यक्ष अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ