प्रदेश २ लाई मदिरा निषेधित क्षेत्र बनाउन माग

समाचार

3/2/2020

जनकपुरधाम, १९ फागुन । नेकपाले प्रदेश २ लाई मदिरा निषेधित क्षेत्र बनाउन माग गरेको छ । ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पार्न तयारीस्वरुप प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बसेको प्रदेशका महिला नेतृहरु तथा नेकपा प्रदेश नेतृत्वको संयुक्त भेलाले मदिरा निषेधित प्रदेश घोषणा गर्न माग गरेको हो ।

पुरुषहरूले मदिराजन्य पदार्थको सेवन गरेर महिलामाथि हिंसा गरेकोले यस प्रदेशका महिलाहरु पीडित रहेको निष्कर्षसहित नेकपाले महिला हिंसा अन्त्यको लागि मदिरा निषेध गर्न माग गरेको हो । बैठकले दिवस मनाउन ‘महिला हिंसा अन्त्यको लागि मदिरा निषेधित प्रदेश घोषणा गरौ, ११०औं महिला श्रमिक दिवस भव्यताका साथ मनाऔँ’ भन्ने नाराका तय गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ