अल्पसंख्यकहरूमाथि उत्पीडन विरूद्ध पाकिस्तानका सिन्धीहरूद्वारा राष्ट्रसंघमा प्रदर्शन

समाचार

3/15/2020

काठमाडौं, २ चैत । विश्व सिन्धी महासभाले पाकिस्तानको सिन्ध प्रान्तमा अल्पसंख्यकहरु, विशेष गरी हिन्दूहरुको उत्पीडनको मुद्दालाई उठाउन संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालय अगाडि हप्ता प्रदर्शन गरेका छन् ।

सिन्धीहरुको प्रदर्शनमा पस्तुन, काश्मिरी र बलोचका राजनीतिक कार्यकर्ताहरु समेत सामेल थिए । उनीहरूले सिन्धी राजनीतिक कार्यकर्ताहरुलाई बेपत्ता पारिएकोमा चिन्ता व्यक्त गरेका थिए भने पाकिस्तानी सेना विरूद्ध नाराबाजी गरेका थिए ।

पाकिस्तानी सेनाले नाबालिग हिन्दु महिलाहरूलाई अपहरण गर्ने र कट्टरपन्थीहरूलाई सहयोग गरिरहेको उनीहरुले बताएका छन् । विगत केही महिनादेखि अल्पसंख्यकहरू विरुद्धको उत्पीडन बृद्धि भएको विश्व सिन्धी महासभाका सदस्य हिदायत भुट्टोले भने ।

हालैका वर्षहरूमा जबर्जस्ती अपहरण र मुसलमानहरूले हिन्दू महिलाहरुलाई धर्म परिवर्तन गरेको धेरै घटनाले पाकिस्तानको अल्पसंख्यक समुदायलाई जरैदेखि हल्लाएको छ भने उनीहरूले आफ्नो धर्म, संस्कृति र आस्था बचाउन न्यायको माग गरिरहेका छन् ।

विश्व सिन्धु महासभाका महासचिव लखु लुहानाले विश्व समुदायलाई पाकिस्तानमाथि दवाब बढाउन र अपराधीमाथि कारबाही गर्नका साथै सिन्धी समुदायको उत्पीडन रोक्न आग्रह गरे । हिन्दू र ईसाई महिलाहरूको अपहरण र जबरजस्ती धर्म रूपान्तरण पाकिस्तानमा प्रचुर मात्रामा छ । यस्ता घटनाहरू व्यापक भएकाले धेरै पीडित परिवारहरू भारत लगायत विदेशमा बसाइँ सर्न बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ