पाकिस्तानका हिन्दुहरु सुरक्षाको माग गर्दै पुगे जेनेभा

समाचार

7/17/2020

काठमाडौं, २ साउन । पाकिस्तानमा रहेको हिन्दु समुदायमाथि चरम उत्पीडन, भेदभाव, दबाब हुने गरेपछि उनीहरुको पलायनको मात्र रोकिएको छैन ।

धार्मिक विभेदसँगै त्यहाँ रहेका हिन्दु समुदायका मानिसहरु अपहरण, हत्यालगायत यौनजन्य हिंसाको सिकार समेत भइरहेका छन् ।

अल्पसंख्यक हिन्दुहरुमाथि पाकिस्तानी सांसद एवं राजनीतिज्ञहरुले समेत दैनिकरुपमा घृणात्मक अभिव्यक्तिहरु दिइरहेका छन् । यसबाहेक कट्टरपन्थी इस्लामीहरुले पाकिस्तानमा हिन्दु मन्दिर निर्माणको समेत विरोध गरेका छन् । उनीहरुले पाकिस्तानमा हिन्दु मन्दिर बनाउनु इस्लाम मूलुकको विरुद्ध रहेको भन्दै मन्दिर निर्माण गर्न दिएका छैनन् ।

धार्मिक असहिष्णुता बढ्दै गइरहेको पाकिस्तानमा मुस्लिमहरुले केही दिनअघि सिन्धमा रहेको एक हिन्दु मन्दिरमा आक्रमण समेत गरेका थिए । पाकिस्तानी सरकारबाट संरक्षण र सुरक्षा पाएका नेताहरुकै संलग्नतमा उक्त मन्दिरमा आक्रमण भएको खुलेको छ ।

त्यहाँका मुस्लिम विचारधाराका सर्मथकहरु हिन्दु धर्मसँग बढी सरोकार राख्न खोज्छन् । यस कारण पनि त्यहाँ हिन्दुहरुमाथि बढी नकारात्मक दृष्टिकोण राखिने गरिन्छ । यसबाहेक भारतविरुद्धको क्रोधमा पनि जिहादीहरुले हिन्दुहरुमाथि हिंसा गरिरहेको रिपोर्टहरुमा उल्लेख छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टीका नेता कार्यकर्ताहरु पनि यो कार्यमा संलग्न रहँदै आएका छन् ।

हालै जेनेभामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले पाकिस्तानमा हिन्दुहरुमाथि चरम शोषण हुने गरेको बताएका छन् । हिंसाबाट बच्नका लागि कुनै आवाज उठाउनु पनि आफ्नै लागि घाटा हुने उनीहरुले बताएका थिए ।

प्रदर्शनकारीहरुका अनुसार पाकिस्तानी सरकारी निकायहरुले समेत हिन्दुहरुमाथिको उत्पिडनका विषयमा बोल्दैनन् । प्रदर्शनकारीहरुले संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संगठनहरुलाई पाकिस्तानमा आफ्नो सुरक्षाका लागि कदम चालिदिन आग्रह गरेका छन् । उनीहरुले हिन्दु समुदायमाथि हुने हिंसाको बचाउका लागि संवैधानिकरुपमा नै व्यवस्था गरिदिनका लागि विश्वसमुदायमा आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ