काठमाडौं, ३ चैत । पाकिस्तानमा अल्पसंख्यक धार्मिक समूहका बालिकाहरुलाई जबरजस्ती विवाह गरि धर्म परिवर्तन गराउने क्रम कतै पनि रोकिने संकेत देखिएको छैन, बरु बढेको बढ्यै छ ।
अल्पसंख्यक हिन्दु समुदायका बालिका एवं किशोरीहरुमाथि बलात्कार, अपहरण, जबरजस्ती विवाह लगायत धर्म परिवर्तनसम्मका घटनाहरु एकपछि अर्को सार्वजनिक भइरहेका छन् ।
थोरुै मात्र सार्वजनिक हुने यस्ता घटनाभन्दा पर अझै धेरै यस्ता घटना हुने गरेको अल्पसंखयक हिन्दु समुदायका व्यक्तिहरु बताउँछन् ।
पाकिस्तानमा अल्पसंख्यक धार्मिक समूहका बालिकाहरुलाई जबरजस्ती विवाह गरेर धर्म परिवर्तन गराउने क्रम बढेको पाकिस्तानको पत्रिका डनमा सुलेमा जाहांगिरले लेखेकी छिन् ।
यो क्रम बढ्दै जाँदा पाकिस्तानको सिन्ध प्रान्तमा रहेका अल्पसंख्यक हिन्दुहरुले आफुहरुलाई पाकिस्तानमा बस्न गाह्रो हुन थालेको बताएका छन् ।
पाकिस्तानका प्रम ईमरान खानले अल्पसंख्यकहरुको जिम्मा सरकारले लिन्छ भने पनि उनीहरु अफठ्यारो परिरहेको समुदायका अगुवाहरुले बताएका छन् ।
धेरैजसो जबरजस्ती विवाह एवं धर्म परिवर्तन गराइनेमा किशोरीहरु रहेको बताईएको छ । सिन्ध सरकारले जबरजस्ती धर्म परिवर्तन र विवाहका लागि १८ बर्षको उमेर तोक्ने दुई पटक प्रयास गरिसकेको छ ।
सन् २०१६मा संसदले उक्त बिधेयक पास गरे पनि धार्मिक दलहरुले उमेरको कुरा मान्य नहुने भन्दै बिरोध गरेपछि गभर्नरले त्यसमा हस्ताक्षर नगरि तुहिएको थियो ।
सन् २०१९मा पनि सिन्ध सरकारले एकपटक फेरि उक्त बिधेयक केहि संशोधन सहित पेश गरेको थियो तर फेरि धार्मिक समूहले बिरोध गरेको थियो । त्यस्को नेतृत्व धार्मिक गुरु एवं राजनीतिज्ञ पिर मियाँ अब्दुल खालिक (मयाँ मिठ्ठु)ले गरेका थिए । हिन्दु किशोरीहरु मुस्लिम युवकहरुसँग प्रेममा पर्छन र स्वेच्छाले धर्म परिवर्तन गर्छन भन्ने मिया मिठ्ठुको तर्क रहेको थियो ।
एक बर्ष अगाडि करिब दुई हजार हिन्दुहरुले रिना र रविना नाम गरेका दुई किशोरीहरुलाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाएर विवाह गरिएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए । ईस्लामावादको अदालतले उनीहरुले स्वेच्छाले धर्म परिवर्तन गरेको फैसला गरेको थियो ।
पाकिस्तानमा शक्तिशाली पुरुष वा समूहले किशोरीहरुसँग विवाह गर्ने र धर्म परिवर्तन गराउने क्रम बढेको छ । शक्तिशाली समूहको राजनीतिक लगायत कर्मचारीतन्त्रदेखि न्यायलयसम्म पहुँच हुने हुनाले उनीहरुको अपराध कहिल्यै सार्वजनिक हुँदैन ।
केहि समय अघि मात्र १५ बर्षिया किशोरीको अपहरण भएको र उनलाई ईश्लाम धर्मावलम्बी बनाएर विवाह भएको सार्वजनिक भएपछि हिन्दु समुदायमा चिन्ता बढेको छ । बिगत केहि समयदेखि ५० भन्दा बढि किशोरीहरुको त्यसैगरि जवर्जस्ती विवाह भइसकेको छ ।
यो एउटा नियोजित षडयन्त्रको रुपमा हिन्दु समुदायले लिएको छ । पुरुषहरुलाई पलायन गर्न वाध्य पार्ने र महिलाहरुलाई जवर्जस्ती वाध्य बनाएर मुस्लिम समुदायका युवकहरुसँग विवाह गर्न लगाउने कार्य हिन्दुहरुलाई पाकिस्तानमा शून्यमा झार्ने सिलसिलेवार योजना अन्तर्गत भएको बताउँछन हिन्दु समुदायका अगुवाहरु ।
पाकिस्तानले मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा धार्मिक अधिकार रहने, जबजस्ती धर्म परिवर्तन गराउन नपाउने लगायतका प्रावधान सहितमा हस्ताक्षर गरेपनि उक्त कुराको पालना नभईरहेको बताईएको छ । बिशेषगरि अल्पसंख्यक धार्मिक समूहका महिलाहरुप्रति पाकिस्तानको कानुन विभेदकारी रहेको छ ।
तपाईको प्रतिक्रिया