काठमाडौं, ३० फागुन । भारतले पाकिस्तानलाई आफ्नो आन्तरिक मामिलामा धेरै टाउको नदुखाउन सचेत गराएको छ । जम्मु–काश्मिर भारतको महत्वपूर्ण क्षेत्र थियो, छ र रहनेछ भन्दै पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायलाई गलत सूचना नदिन पनि भारतले सचेत गराएको छ ।
जम्मु–काश्मिरमा लोकतन्त्र र शान्तिका लागि काम भइरहेको तर पाकिस्तान उक्त क्षेत्रमा आतंक सृजना गर्न चाहिरहेको आरोप भारतको छ । संयुक्त राष्ट्र मानव अधिकार आयोगको ४३औं सत्रमा बोल्दै भारतीय अधिकारी रचित भण्डारीले पाकिस्तान जस्तो असफल राष्ट्रले भारतलाई नसिकाउँदा राम्रो हुने बताए । भण्डारीले जुन देशका नागरिकले लोकतन्त्र र मानव अधिकारको सही उपभोग गर्न पाएका छैनन् उसले भारतलाई सल्लाह नदिदाँ राम्रो हुने टिप्पणी गरे ।
पाकिस्तानले भारत बिरुद्ध जिहादको घोषणा गरेको र आतंकवादी गतिविधीलाई सहयोग पु¥याईरहेको पनि भण्डारीले आरोप लगाए ।
तपाईको प्रतिक्रिया