पाकिस्तानी दूतावासको कार्यक्रममा सहभागी भएको भन्दै कारबाही

समाचार

12/15/2019

काठमाडौं, २९ मंसिर । समाजवादी पार्टीले केन्द्रीय सदस्य रेखा यादवलाई कारवाही गर्ने भएको छ ।

पार्टीलाई जानकारी नै नदिइकन पाकिस्तानी दूतावासको एउटा कार्यक्रममा सहभागी भएको भन्दै रेखालाई कारबाही गर्ने तयारी गरेको हो ।

भारतले जम्मु काश्मिरमा लगाएको धारा ३७० खारेज गरेको विरोधमा नेपालस्थित पाकिस्तानी दूतावासले गत कात्तिक १४ गते दूतावासभित्रै कार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रममा समाजवादी पार्टीका नेतृ रेखा यादव सहभागी भएकी थिइन् । भारत–पाकिस्तानबीच भएको द्वन्द्वकै विषयमा भएको कार्यक्रममा उनी सहभागी भएको भन्दै पार्टी्भित्रै विरोध भएको थियो ।

यसविषयमा मंसिर २६ गते बसेको पदाधिकारी बैठकले रेखा यादव पार्टीको नीति विपरित कार्यक्रममा सहभागी भएको ठहर गर्दै अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो ।

शुरुमा उनलाई स्पष्टीकरण सोधिने र त्यसपछि स्पष्टीकरणको जवाफको आधारमा कारवाही प्रकृया अगाडि बढाइने बैठकमा सहभागी एक नेताले बताए । पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ